Thursday, 1 October 2015

नायिका रन्जिता गुरुङ भन्छिन् – ‘सस्तो प्रियता चाहिएन

Source hamrobhakha.com/
काठमाडौँ । गोर्खामा जन्मेकी चेली रन्जिता गुरुङ अभिनयमा लागेको करिब एक दशक भयो । २०६४ साल देखि औपचारिक रुपमा अभिनयमा प्रवेश गरेकी रन्जिता फरक परिचयका साथमा अभिनयको क्षेत्रमा अघि बढेकी छिन् । त्यो मन रुन्न होला र, शिरीशिरी बतास, किन यस्तो हुन्छ, बाचाकसम जादैन खेर मायालु, जोर शंख फुकेर जस्ता करिब ३ सय चर्चित लोक तथा दोहारी गीतमा मूलभूत रुपमा अभिनय गरेका रन्जिता धेरै निर्माता निर्देशकको रोजाईमा पर्छिन् । बीचका केहि बर्ष परिवार व्यवस्थापनमा समय खर्चेकी रन्जिता आगामी दिनमा निरन्तर अभिनयको क्षेत्रमा लागी रहने प्रण गर्छिन् । गोर्खा पल्टन लगायतका सिमित चलचित्रमा समेत अभिनय गरेर सफलता कमाईसकेकी

तमु पर्बहरु : Tamumai’s Main festivals

हामी तमुहरूको मुल चाड पर्बहरु : Tamumai’s main festivals
1) ल्होसार
(पौष १५) Lhosar
(Paus 15)
2) माँङी त्ह्ये
(माघे संक्रान्ति) Mañngi Tehye
(Maghe Sankranti)
3) एकता दिवस
(माघ ६) Tamu Unity Day
खे कु त्ह्ये
4) (फाल्गुन पुर्णिमा) Khe Ku Tehye
(Phalgun Purnima)
5) (ट्हो त्हेँ) गाउँ बार्ने

Sunday, 27 September 2015

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न:.

Kwone/Ghotane/Ghonde Gurung Samaj Nepal 

"यस क्वोने (घोताने/घोण्डे) गुरुङ (तमू) समाज नेपालका केन्द्रिय सल्लाहकार श्री चित्र बहादुर गुरुङ हालै नेपाल सरकारबाट जिल्ला न्यायधिस नियुक्त हुनुभएकोमा सम्पूर्ण कुल-परिवार अत्यन्तै हर्षित एवं गौरवान्वित भएको छ । यस् सुखद घडीमा यहाँलाई हार्दिक बधाई तथा यहाँको कार्यकाल पूर्णसफल रहोस् ........ ।" केन्द्रिय कार्यलयमा वहाँलाई बधाई, सम्मान तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ । ओखलढुङ्गा जिल्ला, बेतिनी गाउ जन्मनुभई हाल कुमारीगाल, काठमन्डौ निवासी वहाँ यस् अगाडि सर्वोच्च अदालतमा उप-सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
कार्यबाहक अध्यक्ष श्री खड्गनारायण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुको साथमा केन्द्रिय सल्लाहकारहरु क्रमश: भु.पु. सहायक मन्त्री क्षेत्र बहादुर गुरुङ, भु.पु. अञ्चलाधिस लालकाजी गुरुङ, भु.पु. डि.आई.जी. हिम बहादुर गुरुङ, वंशावली समिती संयोजक श्री सिवी घोताने, सल्लहकार तथा आर्थिक संयोजक श्री चिज बहादुर गुरुङ, भु.पु. कर्णेल सुश्री चन्द्र गुरुङ, भुपु मेजर छान बहादुर गुरुङ, एस.पि. राजेन्द्र गुरुङ, भु.पु. डि.एस.पी. नर बहादुर गुरुङ, उपाध्यक्ष मे. हिमराज गुरुङ, कृष्ण बहादुर गुरुङ लगायतका बिशिष्ट ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।

Sunday, 20 September 2015

लोक दोहोरीमा जम्दै सुनिला गुरुङ

sunila gurungSource Eprofile लोकदोहोरी गायिका सुनिला गुरुङ ‘भुइँचालोले भत्क्यो मेरो माइतीको देश’ बोलको तीजको कोसेली लिएर दर्शक श्रोतामाझ आएकी छन् । गत वैशाखमा गएको भूकम्पलाई स्मरण गर्दै तयार पारिएको यो गीत समयसान्दर्भिक भएको उनको भनाइ छ । ‘धेरै दर्शक श्रोताले मन पराएको पाएकी छु’, उनले सुनाइन् । यस गीतमा भूकम्पले माइती घरमा पारेको पीडालाई केन्द्रमा राखेर चेलीको बिलौनालाई समेटिएको उनले बताइन् । 
माइती ः रातो सारी लर्काई तीजमा आउँथिन् बहिनी पहिले त
बहिनी नाच्ने आँगन पनि भत्क्यो अहिले त
चेली ः गाँस नि लग्यो, बास नि लग्यो राहतको भरमा
यो तीजमा दर पाक्ने भएन माइती घरमा

Our Culture Our Pride


Wednesday, 2 September 2015

लोकदोहोरी गायिका सुनीला कतारमा सम्मानित

Source Rescue News –राजेश्वर ढकाल
दोहा–लोकदोहोरी गायिका सुनीला गुरुङ कतारमा रहेका दुई संस्था गोरखा सेवा समाज कतार र तमु समाज कतारबाट सम्मानित भएकी छिन ।
11938811_10206053902004340_177213766_nमितेरि फिल्मिस् सांस्कृतिक समुहको आयोजनामा आफ्नो प्रस्तुती दिन कतार आएको अवसर पारेर गायिका सुनीलालाई यी दुई संस्थाले परिचयात्मक तथा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेका थिए । गोरखा सेवा समाज कतारले राष्ट्रिय स्तरका गोरखाली कलाकारहरु र तमु समाज कतारले पनि आफ्नो तमु कलाकारहरु कतार आएको अवसरमा सम्मान गर्ने गरेको छ । गायिका सुनीलालाई तमु समाजका संरक्षक विल बहादुर गुरुङले दोसल्ला र सम्मान पत्र दिएका थिए भनेगोरखा सेवा समाजको तर्फबाट संरक्षक बुधवल गुरुङले दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रममा सहभागिहरु सबैले खादा ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा गोरखा सेवा समाज कतार की सदस्य लक्ष्मि थापाले र तमु समाजका महासचिव खुशी गुरुङले मायाको चिनो हस्तान्तरण गरे ।
            कार्यक्रममा बोल्दै सुनीलाले आफ्नो कतार भ्रमण पहिलो भएको र यो प्रवासमा आएर पनि यसरी आफ्नै गाउंठाउं र परिवेशमा भएको अनुभुती हुँदा निकै खुशी लागेको तर्क राखिन । आफु हिजो टुट्न लागेको तार थिए, आज बलियो खब्बा बन्ने प्रयासमा छु , यो सबै तपाईहरुको साथ र सहयोगले नै भएको हो । उनले आफुले गोरखाली भनेर भन्दा गर्वको महशुष हुने तर्क राख्दै यहा“ आएर सम्मानीत हुन पाउँदा निकै

Saturday, 29 August 2015

हाम्रो संस्कृति हाम्रो परम्परा


Syarga Naach During Gurung Ritual


लामावाद भित्रको यथार्थ

‎(लामावाद भित्रको यथार्थ) - बुद्धत्व एउटा अहिंसाको पक्षपाति दर्शन भएकोले यसको सन्दर्भिकता अहिले पनि उत्तिकै छ र हाम्रै देशका विभूतिको महान दर्शनलाई सधै सम्मान गरिनु पर्दछ तर यहाँ तमु समुदाय भित्र लामावादलाई बुद्धत्वको जलप लगाएर जसरी भ्रम छर्न खोजिएकोछ त्यस प्रति सवै जना सचेत हुनै पर्दछ। ९ औ शताव्दीमा आफैलाई बुद्धको अवतार भनेर छट्टु साँधु पद्यमा सम्भवले कसरी आदिम तिब्बती वोन धर्मलाई लामावादमा परिणत... गरए भन्ने विषयमा धेरै जानकारी भै सकेकोछ र दलाई लामा त्यसको पछिल्लो निरन्तरता हो। हामी जन्मिदै मृत्यु पनि संगै लिएर आएको हुन्छौं। मृत्यु पछि कसैको पुनरजन्म भएको वैज्ञानिक आधार छैन। तर विज्ञानको आधारभूत

Wednesday, 26 August 2015

सक्किममा रोधीं बजार

मेघराज गुरुङ कोन
अधिक्षक राज्य विधायक आवास

सिक्किम सरकार, गान्तोक भारत
तमु जातिको बाहुल्य रहेको पश्चिम सिक्किम अन्तरगत पर्ने बडियाखोप गाउँमा रोधी बजार स्थापनाको निम्ति विगत ६। १०। २००५ का दिन क्षेत्र विधायक तथा सिक्किम सरकारको त्यसताकाका कानुन मन्त्री श्री राम बहादुर सुव्वा लिम्बु बाट विधिवत उद्घाटन भएको थियो । पहिले बडियाखोपलाई बुडी खोप भन्ने गरिन्थ्यो । बुढा पाकाका भनाई अनुसार यस गाउँको नाउँ भेडी गोडालाहरुले नै बुढी खोप राखेका हुन् । बढियाखोप नामाकारण भएको धेरै भएको छैन । यस गाउँमा पहिला पहिला धेरै नै भेडी गोठहरु थिए । कालान्तरमा जनघनत्व बढ्या, तन्नेरीहरु नोकरी पेशा तिर आकषिर्त हुादै गए । हाल यस गाउँमा नगन्य सरकारी कर्मचारीहरु पाइन्छन् । हाल राज्य सरकारले पनि गौचरण बन्द गरेकोले भेडी गोठहरु मासिदै छन् ।
यद्यपि यस गाउँका गुरुङसेनीहरु परापुर्वकाल देखी गर्दै ल्याएको काम चर्खा द्धारा भेंडीको उनको धागो कात्ने राडी , घुमराडी , लुकुनी जस्ता हिउँदोमा काम लाग्ने उनीका लुगाहरु घरैमा तयारी गर्ने गर्छन । पुरुषहरु काठपात र

तमु (गुरुङ)का थर-उपथरहरु Tamu (Gurung) Clans/Subclans

Source : संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु प्‍ये ल्हु संघको बार्षिक मुखपत्र "तमु छ्‌या ल्हु ताँ" खि ल्हो २०६२मा प्रकाशित
By: Su. Chandramani Krõmchhaiñ Tamu - Published in Annual Magazine "Tamu Chhya Lhu Tañ (Gurung Tradition & Culture) Year Of the Dog 2005

S/NO थर English
01  - काजु Kaaju
02  - कली Kali
03  - क्याङ्ग्री लेम Kyangri Lem
04  - कटक्युम Katakyum
05  - कीतु Kitu
06  - कुम्ही Kumhi
07  - कुप्चे लेम Kupche Lem
08  - क्युबी Kyubi

स्याइ –स्याइः तमू जातीय एक सांस्कृतिक परम्परा

रत्न बहादुर तमू

आरम्भ

हामी तमू जातिको संस्कृति धेरै धनी छ भन्न पाउदा ज्यादै गर्व लाग्छ । हाम्रा अमूल्य सम्पदा मध्ये ‘स्याइ–स्याइ’ एक हो । तमू मातृभाषामा ‘स्याइ–स्याइ लब’ भनिन्छ र सङ्क्षिप्तमा ‘स्याइ –स्याइ’ मात्र पनि भनिन्छ । ‘स्याइ –स्याइ लब’ को अर्थ नेपालीमा ‘स्याइ –स्याइ गर्नु’ भन्ने हुन्छ भने ‘स्याइ –स्याइ’को अर्थ भेट्टायो–भेट्टायो या फेला–पारियो,फेला–पारियो भन्ने हुन्छ । के भेट्टायो या के फेला पारियो भन्ने प्रश्नको उत्तर हुन्छ –कसैको हराएको वा गएको सातो ।
स्याइ –स्याइ गर्दा प्रयोग गरिने पहेलो डोरोलाई प्हैरु, रुपा र रिपा भनिन्छ । यो पहेंलो डोरो हिन्दु ब्राह्मणले जनैपूर्णिमामा लगाउने रक्षाबन्धन जस्तै हो तमू समाजमा । तर तमूहरुले यस्लाई हातमा होइन घाँटीमा लगाउछन् ।
यसको बनावटको कुरा गर्नुपर्दा यो सूतीको काँचो धागोबाट पुरुषको निमित्त नौ सरा नौ गाँठा र स्त्रीको निमित्त सात सरा, सात गाँठा भएको घाँटीमा लगाउन मिल्ने लम्बाई भएको डोरो बनाई त्यसलाई बेसार र खरानीमा पानी हालेर मुछी रङ्ग्याइन्छ । यसरी रुपा तयार गरिन्छ ।
रुपामा प्रयोग गरिने धागोका सरा र गाँठा अर्थपूर्ण छन् । परुषका निमित्त बनाइने

Friday, 21 August 2015

ठाउँ अनुसार तमु भाषाको विविधता बारे जानकारी :

(१) घान्द्रुक्,कास्की (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषा :-
---------------------------------------------------------------------------------------------------------------------------
एउटै जाती एउटै बंश भए ता पनि लिपी बिकाश नभएको राज्यबाट तमु भाषा शिक्षा नभएको र तमु जातिको असंरक्षण भाषा भौगोलिक बिशेषताको आधारमा गाँवै पिच्छे फरक फरक हुनु स्वभाविक हो । भाषाको थेगो फरक हुने हुँदा एक अर्कामा बुझ्नु गाह्रो हुन्छ । तर बंशाजको आधारमा सबै तमुहरु एक हुन ।
(१) घान्द्रुक्, कास्की को भाषा त मैले नै लेखेको हुँ । तर (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषा चाहिं मार्फत : - " जिबाजी तमु " बाट पाएको हो । तसर्थ यहाँ ,त्यहाँको तमु भाषा शुध्द-अशुध्द के के होलान मलाई थाहा छैन । मैले यहाँ सिर्फ तमुहरुको विभिन्न स्थानमा भएको फरक फरक वा उस्तै उस्तै शब्द ज्ञान मात्र दिनु खोजेको हुँ । आशा छ यस बाट केहि मात्रमा भए पनि तमु भाषाको विविधता बारे ज्ञान पाउनेछ ।
खस नेपाली भाषाको (१) घान्द्रुक्, कास्की (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषाको केहि

Monday, 17 August 2015

पहिलो महिला गायिका मेलवादेवी गुरुङ


Source | Music Khabar
नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिनुभएको थियो । हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता
बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ । नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।  सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई

Friday, 14 August 2015

Tamu Parka (Gurung Direction & Material)

ParkaDirectionMaterial
KhaNorthWater
KihNorth EastSoil
SieEastWood
SweSouth EastSoil
LhiSouthFire
KhweSouth WestSoil
TaWestIron
KheNorth WestSoil


Thursday, 13 August 2015

तमु ल्हो र पार्क (Tamu Lho & Parka)

A. Tamu  Lhokohr
TamuChwoñRomanनेपालीEnglishPhoto
NimyuChyuMusaमुसाMouseRat
MyaLoñGaiगाईCowCow
CheToBaghबाघTigerTiger
NawaraHyuiBiraloबिरालोCatCat
KroweMhupriGiddaगिद्घाVultureVulture
PuhkriSapriSarpaसर्पSnakeSnake
TaTaGhoñdaघोँडाHorseHorse
KyuLhuBheñdaभेँडाSheepSheep
TimyuPraBañdarबाँदरMonkeyMonkey
NemeChyaCharaचराBirdmouse
NakyuKhiKukurकुकुरDogDog
FoFoMirgaमिर्गाDeerDeer

Monday, 3 August 2015

THE GURUNGS OF NEPAL

Source : www.hktamu.com By - Dr. Om Gurung

The Gurungs, one of the major ethnic groups of Nepal, have historically occupied the southern slopes of Annapurna and Machhapuchre Himalayas in central west Nepal. Like the neighboring Magars, Tamangs and thakalis, they live at the interstatices between two great cultural and social traditions – Indian Hinduism and Tibetan Buddhism and between two ecological zones – the low subtropical valleys and the alpine haighlands. At the present time, their life and culture and poised between a long and steady tradition and changes that accompany modernity (Messerschmidt 1976; 1). According to the official census of 1981, the numerical

Our Culture Our Pride



Gurung Customs and Traditions

 Every tradition and culture of a community contains legends and ethos that provide sufficient evolutionary bases of that particular tribe or community. Gurungs consider themselves as the descendent of King Gochan of the Surya Dynasty. Instead of making his elder son, Lochan the king, King Gochan made his youngest son Rochan, his successor. So his elder son, in desperation, left the kingdom of his father with his wife, and some of the members of his family towards the Himalayas, as hermit to spend the rest of his days in meditation. This group consisted, among others, the priest (monk) Mukund Lamichaney and Kersingh Khawas. It is believed that from this group of people, formed four castes with sixteen subcastes of Gurung, in course of time and flourished. It is also assumed that Ghalay Maha Gurung became