Thursday 1 October 2015

नायिका रन्जिता गुरुङ भन्छिन् – ‘सस्तो प्रियता चाहिएन

Source hamrobhakha.com/
काठमाडौँ । गोर्खामा जन्मेकी चेली रन्जिता गुरुङ अभिनयमा लागेको करिब एक दशक भयो । २०६४ साल देखि औपचारिक रुपमा अभिनयमा प्रवेश गरेकी रन्जिता फरक परिचयका साथमा अभिनयको क्षेत्रमा अघि बढेकी छिन् । त्यो मन रुन्न होला र, शिरीशिरी बतास, किन यस्तो हुन्छ, बाचाकसम जादैन खेर मायालु, जोर शंख फुकेर जस्ता करिब ३ सय चर्चित लोक तथा दोहारी गीतमा मूलभूत रुपमा अभिनय गरेका रन्जिता धेरै निर्माता निर्देशकको रोजाईमा पर्छिन् । बीचका केहि बर्ष परिवार व्यवस्थापनमा समय खर्चेकी रन्जिता आगामी दिनमा निरन्तर अभिनयको क्षेत्रमा लागी रहने प्रण गर्छिन् । गोर्खा पल्टन लगायतका सिमित चलचित्रमा समेत अभिनय गरेर सफलता कमाईसकेकी
उनलाई कुनैपनि अंग नाङगो प्रर्दशन गर्न रुचि छैन् । हाम्रोभाखासंग कुरा गर्दै उनले भनिन् – ‘मौलिकपन बोकेको र सामाजिक चलचित्रमा अभिनय गर्छु तर सस्तो लोकप्रियताको नाममा अश्लिलता प्रर्दशन गर्दिन ।’ नाच्ने र मिलनका गीतमा भन्दा वियोगान्त र विरहका गीतमा रोजाईमा पर्ने रन्जिता यसपटकको दशै पर्व लक्षित दोहोरी गीतमा पनि आधा दर्जन निर्माता र निर्देशकको रोजाईमा परेकी छिन् । उनले बुधबार मात्रै रक्षा म्यूजिकको प्रस्तुतीमा बजारमा आउने गीत ए मेरो प्रदेशी कालु मा सशक्त अभिनय गरेकी छिन् । नायिका रन्जिताले ईमान्दारिता, काम र मेहनतलाई मुख्य ठानेकी छिन् । सानै देखिको ईच्छा पुरा गर्दै गरेकी उनलाई लोक दोहोरी गीतमा अभिनय गर्दा गर्व महसुस हुन्छ ।