Wednesday 18 October 2017

गुरूङ भाषाको चलचित्र फ्रिसी(यूवा) स्विनडन स्थित गोरसहिल कम्युनिटी सेन्टरमा प्रदर्शनीको तयारी

ह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) 25/11/2017 का दिन स्विनडन स्थित गोरसहिल कम्युनिटी
सेन्टर हलमा प्रदर्शनी हुन गई रहेको र उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई सकेको कुरा तमु समाज स्विनडनका अध्यक्ष  यम तमुले जानकारी दिनु भएको छ ।
स्विनडनमा स्थापना भएको तमु समाज स्वीन्डनको सहयोगार्थ र बिदेशी
भूमिमा रहेर पनि आफ्नो
रीति,रीवाज,कला,संस्कृतिको जगेर्ना गराउने सोचले नै चलचित्र प्रदर्शनीमा ल्याउन तमु समाज स्वीन्डनले पहल गरेको
हो l अतिनै व्यस्तताको बाबजुद पनि गुरुङ समाज स्वीन्डनका सचिब भिम महेन्द्र गुरुङ, स्वीन्डन गुरुङ आम समुहकी
अध्यक्ष/संयोजक श्रीमती तेजु गुरुङ र कोषाध्यक्ष जगत गुरुङ प्रदर्शनीको काममा जुटी रहनु भएको छ l
कार्य समितिको नियमित बैठकमा निर्णय भए अनुसार मीडिया तथा सह सचिब हरि गुरुङ बाट टिकट डिजाइनको काम भईरहेको र पुरा हुन साथ प्रतेक सदश्यको घरमा २ वटा टिकेट बितरण गरिने भएको छ l