Wednesday 9 November 2016

तमु (गुरुङ) हरुको कुनै ब्यक्ति मृत्यु हुँदा र पित्री कार्य अर्घुम् (पय) गर्दा आवश्यक ब्यक्तिहरु


यी आवश्यक ब्यक्तिहरुले आ-आफ्नो ठाँउबाट यी कार्य सम्पन्न गर्न निम्न भुमिका निभाउँदछन ।
१) त्ह (भाइ खलक )
```````````````````` मृतकको दाजुभाइ अर्थात ७ दिने वा ९ दिने जुठो बार्ने ब्यक्तिहरुलाइ "त्ह भाइ" भनिन्छ । सुरुमा
यी दाजुभाइहरुले आवश्यक पर्नेलाइ उपस्थित को लागि
खटनपटन गर्ने कार्य गर्दछ ।
२) म्हो (ज्वाइँ)
`````````````` मृत वा पितृ संस्कारमा ज्वाइँहरुको प्रमुख
भुमिका हुन्छ । यी कार्यमा ज्वाइँ ले आवश्यक सामाग्री जुटाउने देखि लिएर अन्तिम सम्म सबै कार्य सम्पन्न गर्न
ज्वाइँ (म्हो) हरुको अहम भुमिका रहन्छ ।
३) रिँ च्हमे/चामि (छोरी चेली)
```````````````````````````````` रिँ च्हमे(छोरी चेली) हरु बाट क्रसा गर्ने, सुत्ली पुत्ली बनाउने, फुल माला आदि इत्यादि सिँगारपटार का सामाग्री तयार गर्ने कार्य रिँ च्हामी हरुबाट गरिन्छ र रिँ च्हामी नभै हुन्न ।
४) आस्यों (मावली)
````````````````````` मृत वा पित्री संस्कार अर्घुममा आस्यों को महत्त्वपूर्ण भुमिका रहन्छ । मृतक लाई कपडा (आस्यों क्वोंइ/आस्यों प्युरी ) मामाली ले दिने अन्तिम टालो र अन्तिम खाना (भात) तथा विविध कार्य मा बिट मार्ने वा समाप्त गर्ने/चोख्याउने कार्य मामाली ले गर्दछ्न ।
५) गाउँ टोल (नाँस ट्हो)
`````````````````````````` मृत्यु वा अर्घुम् पर्दा गाउँ, टोल, वडा,समाज लाई सूचना गर्नुपर्दछ । उनीहरुले सो कार्य मा गर्नुपर्ने सबै प्रकारका सामाग्री संकलन र ब्यबस्थापन गरि सुरुबाट अन्तिम समयसम्म टोल गाउँ वा समाजले आ-आफ्नो ठाँउ बाट सहयोग को भुमिका निभाउँदछ्न् ।
यी कार्यहरु हुँदा गाउँमा खेतिपाती काम गर्दैन्।
६) धार्मिक पुरोहित गुरु (खेगी पच्यु/घ्याबृ/लम) हरु
```````````````````````````` ``````````````````` ```````````
मृत संस्कार र अन्तिम पित्री संस्कार अर्घुम् मा पुरोहित हरुको छुट्टै भुमिका रहन्छ । परम्परागत संस्कारले तमु प्ये छ्या अनुसारको विधि पुर्‍याएर सम्पुर्ण कर्मकाण्ड सम्पन्न गरि मृतात्मालाइ पित्रीसँग लिन गराउने बिध्या, ज्ञान् र शक्ति उनीहरुमा भएकोले स-सम्मान सूचना गरि बोलाउनु पर्दछ ।
भिम गुरुङ "प्हच्यु" (Tamu Bhim)
कास्की, पोखरा
कालिका-७, ठुलस्वाँरा
हाल: कुवेत
तमु संस्कार र संस्कृति,
तमु रिति र थिती
लाई माया गर्नेले पढिसकेपछी :
Like (मनपर्‍यो)
comment(मिठो अभिव्यक्ति) र
Share(शाझा) गर्नुस् है त ।
तमुहरुको मृत संस्कार बाट साभार