Sunday 27 September 2015

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न:.

Kwone/Ghotane/Ghonde Gurung Samaj Nepal 

"यस क्वोने (घोताने/घोण्डे) गुरुङ (तमू) समाज नेपालका केन्द्रिय सल्लाहकार श्री चित्र बहादुर गुरुङ हालै नेपाल सरकारबाट जिल्ला न्यायधिस नियुक्त हुनुभएकोमा सम्पूर्ण कुल-परिवार अत्यन्तै हर्षित एवं गौरवान्वित भएको छ । यस् सुखद घडीमा यहाँलाई हार्दिक बधाई तथा यहाँको कार्यकाल पूर्णसफल रहोस् ........ ।" केन्द्रिय कार्यलयमा वहाँलाई बधाई, सम्मान तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ । ओखलढुङ्गा जिल्ला, बेतिनी गाउ जन्मनुभई हाल कुमारीगाल, काठमन्डौ निवासी वहाँ यस् अगाडि सर्वोच्च अदालतमा उप-सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
कार्यबाहक अध्यक्ष श्री खड्गनारायण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुको साथमा केन्द्रिय सल्लाहकारहरु क्रमश: भु.पु. सहायक मन्त्री क्षेत्र बहादुर गुरुङ, भु.पु. अञ्चलाधिस लालकाजी गुरुङ, भु.पु. डि.आई.जी. हिम बहादुर गुरुङ, वंशावली समिती संयोजक श्री सिवी घोताने, सल्लहकार तथा आर्थिक संयोजक श्री चिज बहादुर गुरुङ, भु.पु. कर्णेल सुश्री चन्द्र गुरुङ, भुपु मेजर छान बहादुर गुरुङ, एस.पि. राजेन्द्र गुरुङ, भु.पु. डि.एस.पी. नर बहादुर गुरुङ, उपाध्यक्ष मे. हिमराज गुरुङ, कृष्ण बहादुर गुरुङ लगायतका बिशिष्ट ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।