Wednesday 26 August 2015

सक्किममा रोधीं बजार

मेघराज गुरुङ कोन
अधिक्षक राज्य विधायक आवास

सिक्किम सरकार, गान्तोक भारत
तमु जातिको बाहुल्य रहेको पश्चिम सिक्किम अन्तरगत पर्ने बडियाखोप गाउँमा रोधी बजार स्थापनाको निम्ति विगत ६। १०। २००५ का दिन क्षेत्र विधायक तथा सिक्किम सरकारको त्यसताकाका कानुन मन्त्री श्री राम बहादुर सुव्वा लिम्बु बाट विधिवत उद्घाटन भएको थियो । पहिले बडियाखोपलाई बुडी खोप भन्ने गरिन्थ्यो । बुढा पाकाका भनाई अनुसार यस गाउँको नाउँ भेडी गोडालाहरुले नै बुढी खोप राखेका हुन् । बढियाखोप नामाकारण भएको धेरै भएको छैन । यस गाउँमा पहिला पहिला धेरै नै भेडी गोठहरु थिए । कालान्तरमा जनघनत्व बढ्या, तन्नेरीहरु नोकरी पेशा तिर आकषिर्त हुादै गए । हाल यस गाउँमा नगन्य सरकारी कर्मचारीहरु पाइन्छन् । हाल राज्य सरकारले पनि गौचरण बन्द गरेकोले भेडी गोठहरु मासिदै छन् ।
यद्यपि यस गाउँका गुरुङसेनीहरु परापुर्वकाल देखी गर्दै ल्याएको काम चर्खा द्धारा भेंडीको उनको धागो कात्ने राडी , घुमराडी , लुकुनी जस्ता हिउँदोमा काम लाग्ने उनीका लुगाहरु घरैमा तयारी गर्ने गर्छन । पुरुषहरु काठपात र
बाँसबाट तयारी गरिने बस्तुहरु बनाउन सिपालु भेटिन्छन् । ठेकी , मदानी ,राँटा, टुङना ,हलो जुवा,दााते फ्याउरी आदि देखि घिउ राख्ने ,नुन राख्ने, डाला फुर्लुङ र पेरुँगाहरु आफै बनाउने गर्छन् । हिमाल देखि गाउँ झरेका भेडी गोडालाहरु टुँङना बजाउदै नाँच्न छाडेका छैनन् ।
काठको टुङना भेडीको छाला
काल दाजै गोठाला
भन्दै गाउने गर्छन् ।
प्रकृतीको प्यारो लाग्ने बडियाखोप गाउँमा सडक सम्पर्क छ , विजुली बत्ति पनि उपलब्ध छ, सरकारी उच्च स्तर माध्यामिक विद्यालय सञ्चालित छ , केही गुरुङहरु उच्च ओहोदामा आसिन छन् ,सरकारी कर्मचारीहरु धेरै नै छन् । वस्तुभाउको लागी घाँसपात र पानीको सुविधा छ, दाउरा तथा काठपातको निम्ती रुखपात मनग्गे छ । झुप्राहरु धेरै नै अव पक्का घर तथा बिल्डिङहरुमा परिणत भइसकेका छन् । यसो हेर्दा यस गाँउ लगायत यसका वरपरका गाउँहरु दोदक, नासा, मुनेउ आदि ठाउँका तमुहरुको आर्थिक,शैक्षिक तथा सामाजिक स्तर राम्रो देखिन्छ । अहिले यसै गाउामा राज्य सरकारले गुरुङ जातिको चिनारी स्वरुप नमुनाको बजार \"रोधी बजार\" स्थापना गरिदिएकाले गुरुङहरु सरकार प्रति आभारी छन् ।
केही दिन अघि मात्र यस रोधी बजारमा भारत सरकारको जनजाति मामिल विभागका मानव शास्त्रीहरुको साथमा यो पक्तिकार पनि गएको थिए, जहा ति मानवशास्त्री अनि बैज्ञानिकहरुले भारतिय तमुहरुले जनजातिको दर्जा पाउनलाई जातिको आफ्नो मौलिक धर्म स्पष्ट पार्नु पर्छ, मौलिक देवी देवता स्पष्ट गरि दस्तावेज लेखिनु पर्छ भन्ने सल्लाह दिएका छन् । तमुहरुको मौलिक संस्कृती के के हुन ? यस जातिको कला ,नृत्य र परम्पराहरु सबिस्तार बर्णन गरि मागेका छन् । यसै सिलसिलामा छलफलको क्रममा ः बोनबादमा नै तमु जातिको मौलिकता पाइन्छ प्ये ताँ ल्हु ताँ तमुहरुको मोलिक तथा पौराणिक धर्म, क्ल्हे सोंदी प्रेसोंदी, सिल्दो नाल्दो, खेकु माङी आदि हाम्रा पौराणिक देवी देवता तथा संरक्षकहरुको रुपमा विराजमान छन् ।
रोधी हाम्रो परापुर्वकाल देखी स्थापित साँस्कृतीक पहिचान हो जसको नाउँ बाट यस बजारको नामाकरण गरिएको छ भन्ने जानकारी गराइयो । रोधीं मातृसत्तात्मक सामाजिक संरचनाको अवशेषको रुपमा लिन सकिन्छ भनेर बुझाइयो ।