Wednesday 2 September 2015

लोकदोहोरी गायिका सुनीला कतारमा सम्मानित

Source Rescue News –राजेश्वर ढकाल
दोहा–लोकदोहोरी गायिका सुनीला गुरुङ कतारमा रहेका दुई संस्था गोरखा सेवा समाज कतार र तमु समाज कतारबाट सम्मानित भएकी छिन ।
11938811_10206053902004340_177213766_nमितेरि फिल्मिस् सांस्कृतिक समुहको आयोजनामा आफ्नो प्रस्तुती दिन कतार आएको अवसर पारेर गायिका सुनीलालाई यी दुई संस्थाले परिचयात्मक तथा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेका थिए । गोरखा सेवा समाज कतारले राष्ट्रिय स्तरका गोरखाली कलाकारहरु र तमु समाज कतारले पनि आफ्नो तमु कलाकारहरु कतार आएको अवसरमा सम्मान गर्ने गरेको छ । गायिका सुनीलालाई तमु समाजका संरक्षक विल बहादुर गुरुङले दोसल्ला र सम्मान पत्र दिएका थिए भनेगोरखा सेवा समाजको तर्फबाट संरक्षक बुधवल गुरुङले दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रममा सहभागिहरु सबैले खादा ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा गोरखा सेवा समाज कतार की सदस्य लक्ष्मि थापाले र तमु समाजका महासचिव खुशी गुरुङले मायाको चिनो हस्तान्तरण गरे ।
            कार्यक्रममा बोल्दै सुनीलाले आफ्नो कतार भ्रमण पहिलो भएको र यो प्रवासमा आएर पनि यसरी आफ्नै गाउंठाउं र परिवेशमा भएको अनुभुती हुँदा निकै खुशी लागेको तर्क राखिन । आफु हिजो टुट्न लागेको तार थिए, आज बलियो खब्बा बन्ने प्रयासमा छु , यो सबै तपाईहरुको साथ र सहयोगले नै भएको हो । उनले आफुले गोरखाली भनेर भन्दा गर्वको महशुष हुने तर्क राख्दै यहा“ आएर सम्मानीत हुन पाउँदा निकै
खुशी लागको सुनाईन । सम्मान गरेर अझै मलाई जिम्मेवारी थपिदिनुभएको भन्दै दुवै संस्थालाई आभार प्रकट गरिन । कार्यक्रममा उनले आउँ घुम्न गोरखा बजारमा माया कै झल्को छ मेरो नजरमा र भुईचालो ले भत्कियो मेरो माईति देश बोलको गीत सुनाएकी थिईन ।
11949838_10206053920364799_145138516_nकार्यक्रमा बोल्दै तमु समाज कतारका संरक्षक विलबहादुर गुरुङले गायिका सुनीलाको स्वरको प्रसंसा गर्दै भोलीका दिनमा अझै उत्कृष्ट गीत संगितले सबै नेपालीको मनजित्न सक्नु भन्ने सुभेच्छा समेत दिएका थिए ।
                   त्यस्तै गोरखा सेवा समाजका संरक्षक बुधवल गुरुङले गलाको माध्यमबाट गोरखाको  नाम उच्च राखेकोमा बधाई दिदै अझै प्रगतिको कामना गरे ।
        तमु समाज कतारको संरक्षकत्व स्थापना भएको तमु सांस्कृतिक परिवारका कार्यबहाक अध्यक्ष प्रेम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य गोरखा सेवा समाजका अध्यक्ष्ँ आशबहादुर गुरुङले दिएका थिए भने कार्यक्रमा  तमु समाज कतारका अध्यक्ष कृष्ण गुरुङ संरक्षक बिलबहादुर गुरुङ र सल्लाहकार बुद्धीराज गुरुङ, गोरखा सेवा समाजका संरक्षक बुधवल गुरुङ,सल्लाहकार रामजि खत्री, काजिराम बानिया, धनराज गुरुङ ,कोषाध्यक्ष राकेश श्रेष्ठ लगायत तमु समाज कतार तथा गोरखा सेवा समाज कतारका पदाधिकारीहरुको उल्लेखनिय सहभागिता थियो ।