Monday 17 August 2015

पहिलो महिला गायिका मेलवादेवी गुरुङ


Source | Music Khabar
नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिनुभएको थियो । हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता
बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ । नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।  सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई
बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो । दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो । उनको मृत्यु सन् १९५५ मा ५३ बर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको । ‘बिरानो देशैमा लैलै मै मरी जाउँला बरिलैलै रोइदिने कोही छैन सवारी मेरो रेलैमा ।’