Tuesday, 12 November 2019

सिन्धुलीगढी युद्ध २५२ बर्षमा प्रवेश अंग्रेजलाई एसियामा पहिलो पल्ट हराउने वंशु गुरुङ

Source Sandeshnepal,com गोर्खाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढी युद्धको इतिहास आज २५२ बर्षमा प्रवेश गरेको छ । उक्त दिनको सम्झनामा आज विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइदै छ ।
नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई गोर्खाली सेनाका सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले

Thursday, 27 September 2018

हर्क गुरुङका अघि बाहुनक्षेत्री प्राज्ञिकहरु सल्बलाउन सक्दैनथे

काठमाडौं, ९ असोज । डा कृष्ण भट्टचनले डा हर्क गुरुङको अगाडि बाहुन क्षेत्री समुदायका प्राज्ञिक व्यक्तित्वहरुसमेत सलबलाउन नसक्ने गरेको बताएका छन् । भट्टचनका अनुसार उनी सर्पका अगाडि गरुढ जस्तै थिए ।
‘उहाँचाहिँ वास्तवमा गरुड हुनुहुन्थ्यो । बाहुन–क्षेत्री प्राज्ञिक सर्पहरुदेखि लिएर सबै प्रकारका

ट्हों ट्हें पर्व के हो ?

परापुर्वकाल देखी तमु समुदायले मनाइदै आएको महान सास्कृतिक पर्व ट्हों ट्हेंको ठुलो महत्तो रही आएको छ l

ढेकि झाँतो कुटो कोदालो हलो हरु नचलाउने जस्तो कामलाई नासा प्रिव / गाउँ बार्ने भनिन्छ चैत र श्रावणको पहिलो वा अन्तिम मंगलबार गरी वर्षको दुईपटक मनाइने यस पर्वमा चैतमा मनाउने ट्हों ट्हें लाई उभौली ट्हों ट्हें र श्रावणमा मनाउने ट्हों ट्हेंलाई उधौली ट्हो ट्हें भनिन्छ। खासगरि आफ्नो गाउँ टोल बाट भूत, प्रेत, पिसाच, रोगब्याधी, महामारी धपाउँदा तमु समुदायले गरिने पुजालाई ट्हों ट्हें पर्व भनिन्छ ।


Saturday, 23 December 2017

गुरुङ समाज स्वीन्डनको खि ल्होछार/ ल्होसार चर्चित स्थानिया गायक गायिका दोय दिपक गुरुङ र ममता गुरुङको साथमा

तमु हरुको माहान पर्ब पुष १५ ल्होछार /ल्होसारको पावन अवसरमा गुरुङ समाज स्वीन्डनको आयोजनामा यही ३० डिसेम्बर २०१७ शनिबारको दिन पन्जाबी कम्युनिटी सेन्टर स्वीन्डनमा चर्चित स्थानीय गायक दिपक गुरुङ गायिका ममता गुरुंगको बेजोड प्रस्तुतिको साथमा थानीय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित भव्यताका साथ् 
मनाउने भएको l
बर्ष दिनको पर्बमा एक दिन उपस्थित भई    हर्ष  उल्लासको साथ ल्होछार पर्ब मनाउन सम्पूर्ण  मेमबरहरुलाई उपस्थित भई कार्यक्रम लाइ भब्य अनि सब्य रुपमा सफल पार्नको निम्ति अनुरोध गरिएको l

Wednesday, 18 October 2017

गुरूङ भाषाको चलचित्र फ्रिसी(यूवा) स्विनडन स्थित गोरसहिल कम्युनिटी सेन्टरमा प्रदर्शनीको तयारी

ह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) 25/11/2017 का दिन स्विनडन स्थित गोरसहिल कम्युनिटी
सेन्टर हलमा प्रदर्शनी हुन गई रहेको र उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई सकेको कुरा तमु समाज स्विनडनका अध्यक्ष  यम तमुले जानकारी दिनु भएको छ ।
स्विनडनमा स्थापना भएको तमु समाज स्वीन्डनको सहयोगार्थ र बिदेशी

Sunday, 18 December 2016

साधारणतया ठाउँ अनुसार केहि शब्दहरु उच्चारणमा फरक भए पनि गुरुङ भाषामा बोलिने केहि अंसहरु

म्ही - मान्छे
मी - म्याँ - आँखा
सुँ - ङुर - मुख्
ना  - न - नाक्न्हपे - नैल्याम - कान्ले - ल्हि - जिब्रो
स - स - दाँत्
मी क्ली - मेगुम्/म्याँखुम - आँशु
फो - लो - भुँडी,पेट्
तिं - द्याङ्, - मुटु
को - का - रग त
 क्ली - दिसा
कुँ - सिया - पिसाब
से - जुम्र
सोहो - सह - सास्
क्यु - पानी
स - माटो
सिं - स्याङ - दाउरा
क्ला - लाप - गोरु
फोटो - लुत - तस्बिर्
मई - भैँसी
रा - र - बाख्रा
नक - कह - कुखुरा

Wednesday, 9 November 2016

तमु (गुरुङ) हरुको कुनै ब्यक्ति मृत्यु हुँदा र पित्री कार्य अर्घुम् (पय) गर्दा आवश्यक ब्यक्तिहरु


यी आवश्यक ब्यक्तिहरुले आ-आफ्नो ठाँउबाट यी कार्य सम्पन्न गर्न निम्न भुमिका निभाउँदछन ।
१) त्ह (भाइ खलक )
```````````````````` मृतकको दाजुभाइ अर्थात ७ दिने वा ९ दिने जुठो बार्ने ब्यक्तिहरुलाइ "त्ह भाइ" भनिन्छ । सुरुमा
यी दाजुभाइहरुले आवश्यक पर्नेलाइ उपस्थित को लागि
खटनपटन गर्ने कार्य गर्दछ ।
२) म्हो (ज्वाइँ)
`````````````` मृत वा पितृ संस्कारमा ज्वाइँहरुको प्रमुख

Tuesday, 1 March 2016

जुटे गोर्खाली कलाकार, नयाँ सोचका साथ अघि बढ्ने

काठमाडौं । गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा क्रियाशील रहेका कलाकारहरु एकजुट भएका छन् । गोर्खा चौतारी म्यूजिकको आयोजनामा नजिकिँदै गरेको दीपावलीको अवसर पारेर आयोजना गरिएको गोर्खाली कलाकारको भेला, शुभकामना आदानप्रदान एवं चियापान समारोह कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु भेला भएका थिए ।
गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङ,कोपिला गुरुङ लगायतका अतिथिहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा कलाकारहरुले गोर्खाली कलाकारहरु

स्वास्थ्यको जाँच गर्दा जान्नैपर्ने कुरा

-डा.देविस प्याकुरेल

बिरामीको स्वास्थ्य अवस्थासँग कहिलेकाहिँ उसको रिपोर्ट नमिल्न सक्छ । यस्तो अवस्थामा प्याथोलोजिस्ट र उपचारमा संलग्न चिकित्सकबिचको समन्वय महत्वपूर्ण हुन्छ । बिरामी सचेत छ भने चिकित्सक पनि असफल हुँदैन । प्रयोशालामा विभिन्न विधाहरू हुन्छन् । हेमाटोलोजीः रगत सम्बन्धी, वायोकेमेष्ट्रीः मिर्गौला, कलेजो, रगतमा बोसोको मात्रा, चिनी इत्यादि सम्बन्धी, सेरोलोजीः संक्रमणहरू सम्बन्धी, माइक्रोवायोलोजीः सुक्ष्म किटाणुको लागि गरिने कल्चर (दिसा, पिसाव खकार इत्यादिको जाँच) साइटोलोजीः कोषहरू सम्बन्धी जाँच, गाँठागुठी मासु पलाएको इत्यादिको लागि गर्न सकिने प्रारम्भिक जाँच हुन् । हिस्टोप्याथः अपरेशन पछि निकालिने मासुको जाँच हो जसले वास्तविक रोगको पहिचानमा मद्दत गर्छ ।
"रगतका अनगिन्ती जाँच भएता पनि सामान्यतः के–के कुराहरूमा ध्यान दिँदा अझ राम्रो रिपोर्ट प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । किनभने ल्याबमा हुने अधिकांश

Tuesday, 22 December 2015

सन् २०१५ का विचित्रका तस्वीरहरु (फोटो फिचरसहित)

भैँसीको बथानबाट बच्न रुख चढेको सिंह, बडी फुलाउन जिउमा तेलको सुइ हान्ने बडीविल्डर तथा विश्वको सबैभन्दा ठूलो कुकुर, यी तस्वीरहरु यो वर्ष सन् २०१५ मा कैद गरिए र दुनियामा चर्चित बन्न पनि सफल रहे ।
हेरौँ यो वर्ष सन् २०१५ मा विश्वमा चर्चित बन्न सफल भएका केही विचित्रका तस्वीरहरुromario
१. ब्राजिलका बडी विल्डर रोमारियो डस सान्तोस आल्भेजले आफ्नो बाइसेप तथा छातिलाई भिमकाय बनाउनका लागि जिउमा सुइद्धारा तेल कोच्ने गर्छन्

Sunday, 20 December 2015

कम्प्युटरमा गर्न सकिने अनौठा १० ट्रिक्स

सर्टकट कि, एप तथा केही फरक ट्रिकहरुको सहायताले कम्प्युटरसंगको सम्बन्ध सहज गर्न सकिन्छ। विन्डोज चलाउनु हुन्छ भने, Windows कि र D थिच्नुहोस्, तपाइले खोलेका सबै प्रोगाम लुक्नेछन् अनि डेस्कटप देखिनेछ। Windows र M थिच्नुहोस्, सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। यस्तै रोचक केही ट्रिक्सहरुको बारेमा आउनुहोस् जानौं।
सहज तरिकाले विन्डोज वा म्याक अपरेटिङ सिस्टम भएका कम्प्युटर चलाउन १० ट्रिक्सहरु:

झुक्किएर बन्द गरिएको ट्याब फिर्ता
गुगल क्रोम चलाइरहनु भएको छ र झुक्किए कुनै ट्याब बन्द भएमा, Control (Ctrl) ( म्याकमा Command कि), Shift र T कि प्रेस गर्नुहोस् बन्द ट्याब फेरी खुल्नेछ।

स्क्रिनबाट कुनै चाहेको तस्बिर वा क्षेत्रमात्र निकाल्न
स्क्रिनसट लिन विन्डोजमा सजिलो छ। किबोर्डको ‘PrntScr’ थिच्नुहोस। यो किले तपाइको

अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’

eda6e523-090e-456a-8d84-ce8c9d73f64cपर्वत, । गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ । समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन ।
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी लेखेर आफ्नो धेरै रकम उठेको देखाउने

Thursday, 1 October 2015

नायिका रन्जिता गुरुङ भन्छिन् – ‘सस्तो प्रियता चाहिएन

Source hamrobhakha.com/
काठमाडौँ । गोर्खामा जन्मेकी चेली रन्जिता गुरुङ अभिनयमा लागेको करिब एक दशक भयो । २०६४ साल देखि औपचारिक रुपमा अभिनयमा प्रवेश गरेकी रन्जिता फरक परिचयका साथमा अभिनयको क्षेत्रमा अघि बढेकी छिन् । त्यो मन रुन्न होला र, शिरीशिरी बतास, किन यस्तो हुन्छ, बाचाकसम जादैन खेर मायालु, जोर शंख फुकेर जस्ता करिब ३ सय चर्चित लोक तथा दोहारी गीतमा मूलभूत रुपमा अभिनय गरेका रन्जिता धेरै निर्माता निर्देशकको रोजाईमा पर्छिन् । बीचका केहि बर्ष परिवार व्यवस्थापनमा समय खर्चेकी रन्जिता आगामी दिनमा निरन्तर अभिनयको क्षेत्रमा लागी रहने प्रण गर्छिन् । गोर्खा पल्टन लगायतका सिमित चलचित्रमा समेत अभिनय गरेर सफलता कमाईसकेकी

तमु पर्बहरु : Tamumai’s Main festivals

हामी तमुहरूको मुल चाड पर्बहरु : Tamumai’s main festivals
1) ल्होसार
(पौष १५) Lhosar
(Paus 15)
2) माँङी त्ह्ये
(माघे संक्रान्ति) Mañngi Tehye
(Maghe Sankranti)
3) एकता दिवस
(माघ ६) Tamu Unity Day
खे कु त्ह्ये
4) (फाल्गुन पुर्णिमा) Khe Ku Tehye
(Phalgun Purnima)
5) (ट्हो त्हेँ) गाउँ बार्ने

Sunday, 27 September 2015

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न:.

Kwone/Ghotane/Ghonde Gurung Samaj Nepal 

"यस क्वोने (घोताने/घोण्डे) गुरुङ (तमू) समाज नेपालका केन्द्रिय सल्लाहकार श्री चित्र बहादुर गुरुङ हालै नेपाल सरकारबाट जिल्ला न्यायधिस नियुक्त हुनुभएकोमा सम्पूर्ण कुल-परिवार अत्यन्तै हर्षित एवं गौरवान्वित भएको छ । यस् सुखद घडीमा यहाँलाई हार्दिक बधाई तथा यहाँको कार्यकाल पूर्णसफल रहोस् ........ ।" केन्द्रिय कार्यलयमा वहाँलाई बधाई, सम्मान तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ । ओखलढुङ्गा जिल्ला, बेतिनी गाउ जन्मनुभई हाल कुमारीगाल, काठमन्डौ निवासी वहाँ यस् अगाडि सर्वोच्च अदालतमा उप-सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
कार्यबाहक अध्यक्ष श्री खड्गनारायण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुको साथमा केन्द्रिय सल्लाहकारहरु क्रमश: भु.पु. सहायक मन्त्री क्षेत्र बहादुर गुरुङ, भु.पु. अञ्चलाधिस लालकाजी गुरुङ, भु.पु. डि.आई.जी. हिम बहादुर गुरुङ, वंशावली समिती संयोजक श्री सिवी घोताने, सल्लहकार तथा आर्थिक संयोजक श्री चिज बहादुर गुरुङ, भु.पु. कर्णेल सुश्री चन्द्र गुरुङ, भुपु मेजर छान बहादुर गुरुङ, एस.पि. राजेन्द्र गुरुङ, भु.पु. डि.एस.पी. नर बहादुर गुरुङ, उपाध्यक्ष मे. हिमराज गुरुङ, कृष्ण बहादुर गुरुङ लगायतका बिशिष्ट ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।

Sunday, 20 September 2015

लोक दोहोरीमा जम्दै सुनिला गुरुङ

sunila gurungSource Eprofile लोकदोहोरी गायिका सुनिला गुरुङ ‘भुइँचालोले भत्क्यो मेरो माइतीको देश’ बोलको तीजको कोसेली लिएर दर्शक श्रोतामाझ आएकी छन् । गत वैशाखमा गएको भूकम्पलाई स्मरण गर्दै तयार पारिएको यो गीत समयसान्दर्भिक भएको उनको भनाइ छ । ‘धेरै दर्शक श्रोताले मन पराएको पाएकी छु’, उनले सुनाइन् । यस गीतमा भूकम्पले माइती घरमा पारेको पीडालाई केन्द्रमा राखेर चेलीको बिलौनालाई समेटिएको उनले बताइन् । 
माइती ः रातो सारी लर्काई तीजमा आउँथिन् बहिनी पहिले त
बहिनी नाच्ने आँगन पनि भत्क्यो अहिले त
चेली ः गाँस नि लग्यो, बास नि लग्यो राहतको भरमा
यो तीजमा दर पाक्ने भएन माइती घरमा

Our Culture Our Pride


Wednesday, 2 September 2015

लोकदोहोरी गायिका सुनीला कतारमा सम्मानित

Source Rescue News –राजेश्वर ढकाल
दोहा–लोकदोहोरी गायिका सुनीला गुरुङ कतारमा रहेका दुई संस्था गोरखा सेवा समाज कतार र तमु समाज कतारबाट सम्मानित भएकी छिन ।
11938811_10206053902004340_177213766_nमितेरि फिल्मिस् सांस्कृतिक समुहको आयोजनामा आफ्नो प्रस्तुती दिन कतार आएको अवसर पारेर गायिका सुनीलालाई यी दुई संस्थाले परिचयात्मक तथा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेका थिए । गोरखा सेवा समाज कतारले राष्ट्रिय स्तरका गोरखाली कलाकारहरु र तमु समाज कतारले पनि आफ्नो तमु कलाकारहरु कतार आएको अवसरमा सम्मान गर्ने गरेको छ । गायिका सुनीलालाई तमु समाजका संरक्षक विल बहादुर गुरुङले दोसल्ला र सम्मान पत्र दिएका थिए भनेगोरखा सेवा समाजको तर्फबाट संरक्षक बुधवल गुरुङले दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रममा सहभागिहरु सबैले खादा ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा गोरखा सेवा समाज कतार की सदस्य लक्ष्मि थापाले र तमु समाजका महासचिव खुशी गुरुङले मायाको चिनो हस्तान्तरण गरे ।
            कार्यक्रममा बोल्दै सुनीलाले आफ्नो कतार भ्रमण पहिलो भएको र यो प्रवासमा आएर पनि यसरी आफ्नै गाउंठाउं र परिवेशमा भएको अनुभुती हुँदा निकै खुशी लागेको तर्क राखिन । आफु हिजो टुट्न लागेको तार थिए, आज बलियो खब्बा बन्ने प्रयासमा छु , यो सबै तपाईहरुको साथ र सहयोगले नै भएको हो । उनले आफुले गोरखाली भनेर भन्दा गर्वको महशुष हुने तर्क राख्दै यहा“ आएर सम्मानीत हुन पाउँदा निकै