Tuesday 22 December 2015

सन् २०१५ का विचित्रका तस्वीरहरु (फोटो फिचरसहित)

भैँसीको बथानबाट बच्न रुख चढेको सिंह, बडी फुलाउन जिउमा तेलको सुइ हान्ने बडीविल्डर तथा विश्वको सबैभन्दा ठूलो कुकुर, यी तस्वीरहरु यो वर्ष सन् २०१५ मा कैद गरिए र दुनियामा चर्चित बन्न पनि सफल रहे ।
हेरौँ यो वर्ष सन् २०१५ मा विश्वमा चर्चित बन्न सफल भएका केही विचित्रका तस्वीरहरुromario
१. ब्राजिलका बडी विल्डर रोमारियो डस सान्तोस आल्भेजले आफ्नो बाइसेप तथा छातिलाई भिमकाय बनाउनका लागि जिउमा सुइद्धारा तेल कोच्ने गर्छन्
Adrianne
२. अमेरिकाको मिचिगनकी एड्रीयन लेविसको जिब्रो ४ इन्च लामो छ र उनी विश्वमा सबैभन्दा लामो जिब्रो भएकी मानिस हुन्
Sam Cossman
३. भानुआतुमा ज्वालामुखीबाट निस्केको लाभाको पोखरीमा प्रवेश गर्दै साहसिक पर्वतारोही साम कोसम्यान
A terrified lion clings to
४. केन्याको मसाइमारा राष्ट्रिय निकुन्जमा जंगली भैँसीबाट बच्नका लागि रुखमा चढेको सिंह
Kaya-Sesser
५. दुबै खुट्टा नभएकी काया सेसर अमेरिकाको क्यालिफोर्नियामा स्केटिंग गर्दै
A turbocharged off-road vehicle
६. एक भवनको दोश्रो तलाबाट निस्किएको उड्ने गाडि खोल्सो पार गर्दै
Left,-statuesque-model
७. अमेरिकामा सबैभनदा लामो खुट्टा भएकी लरेन विलियम्स बायाँ, र निकै छिनेको कम्मर भएकी २५ वर्षकी पिक्सी फक्स दायाँ
Tham Khoun Xe, in Laos
८. लाओसस्थित थाम खोन जी क्षेत्रको मनमोहक दृश्य
A tiny colourful frog,
९. शंखेकिराको ढाडमा बसेको रंगीत भ्यागुतो
blisters covering his body
१०. छुनेबित्तिकै छाला खस्ने रोग इपिडर्मोलाइसिस बुलोसा रोगबाट पीडित क्यानडाका एक बालक
Young cage fighter
११. अमेरिकाको टेनिसीस्थित एक जिमखानामा भिड्दै दुइ बालबालिका
Ashley Kurpiel,
१२. सरीरका अंगहरु विस्तारै ढुंगा बन्दै गइरहेपछि एउटा हात नै झरेको र खुट्टा समेत नचल्ने भएपछि अपांग बनेकी महिला एस्ले कर्पाइल
A lion rears up
१३. दक्षिण अफ्रिकामा व्यस्त सडकमै मृगको सिकार गर्दै एउटा सिंह
An 175lb dog called
१४. अमेरिकाको न्यु ह्याम्पसायरमा रहेको ८० किलो तौलको एक कुकुरसाथ बाबुछोरा
Sudan, the world's last remaining male white rhino
१५. केन्यामा रहेको विश्वकै एकमात्र बाँकी रहेको सेतो भाले गैँडालाई उसको बासस्थानतर्फ लग्दै सैनिकहरु
model-Melanie-Gaydos-hit-the-big-time-despite-suffering-from
१६. दुर्लभ वंशाणुजनय रोगका कारण कपाल, दाँत तथा छालासमेत राम्ररी विकशित नभएकी मोडेल मेलेन गेडोस बायाँ, र किम कार्दाशिनसँग मिल्ने अनुहार भएकी थालिया अल्मोडोभार दायाँ
A man and his pet dog in Malta perform a hilarious synchronized
१७. माल्टामा एक पुरुष आफ्नो घरपालुवा कुकुरसँगै पौडीका लागि डाइभ हान्दै
ggg
१८. बंगलादेशको एक रंग कारखानामा काम गर्दै ११ वर्षका बालमजदुर
A green tree frog, photographed in Indonesia
१९. इण्डोनेसियामा पाइने हरियो प्रजातिको भ्यागुतो रुखको हाँगामा पिङ खेल्दै
A supercell cloud mushrooms against
२०. अमेरिकाको टेक्सासमा कालो बादलसहितको गोधुली दृश्य
World record-holding limbo
२१. लिम्बो रानी भनेर चिनिने शेमिका चाल्र्स कार मुनिबाट उत्तानो निहुरिएर छिर्न सक्छिन्
Lightning bolts illuminate t
२२. दक्षिण अफ्रिकाको जोहानेसबर्गमा चट्यांग परेको दृश्य
Dwarf basketball player
२३. विश्वकै होँचा बास्केटबल खेलाडि जहमनी स्वान्सन न्युयोर्कमा आफ्ना साथीसँग बास्केटबल खेल्दै
A helpless surfer wipes out
२४. अमेरिकाको हवाइस्थित समुद्रमा १२ मिटर अग्लो छालमा बढारिँदै एक सर्फर
brazil
२५. ब्राजिलका होँचा र अग्लाको प्रेमजोडी बायाँ, जिउमा सबैभनदा बढि सुइ खोपेर  विश्वरेकर्ड बनाएका भारतले भुपेन चन्द्र दास, दायाँ
Eda Maybury, 25, shows off her pole-dancing skills at her home in Missouri, a sport she took up despite her 260lb frame
२६. ११७ किलोकी इडा मेबरी पोल डान्स गर्दै
This breathtaking
२७. भुमध्यसागरीय टापु सिसीलको एटना पहाडमा विस्फोट भैरहेको ज्वालामुखी
Zuly Sanguino
२८. दुबै हातखुट्टा नभएकी कोलम्बियाकी जली सांगुइनो मेकअप गर्दै
crocodile is lifted out of the water
२९. हात्तीको सुँडमा आक्रमण गर्दै एउटा गोही
aspreet Singh Kalra, from Ludhiana
३०. भारतको लुधियानाका जसपि्रत सिंहले आफ्ना हातलाई पछाडिबाट फर्काएर कम्मरमा ल्याएर बेर्न सक्छन् । 

डेलीमेलबाट