भूकम्पका कारणले क्षतविक्षत गोरखाको बारपाकमा भूकम्पअघि छायांकन गरिएको ‘टिस्टापारीको साइनो’ नामक चलचिलमा ती दृश्य हेर्न पाइने भएको हो । चलचिलमा बारपाकका स्थानीय जनताले पनि अभिनय गरेका छन् । चलचिलमा बारपाकसँगै महाभूकम्पले ध्वस्त पारेको नजिकैको गाउँ लाप्राकका दृश्य पनि
छायांकन गरिएको छ ।
हाल सम्पादनमा रहेको ‘टिस्टापारीको साइनो’लाई गुरुङ चलचिलहरुको निर्देशन गर्दै आएका खिलबहादुर गुरुङले निर्देशन गरेका छन् । उनी स्वयं चलचिलको मुख्य भूमिकामा समेत छन् ।
‘भूूकम्पपछि म राहत कार्यक्रम लिएर बारपाक र लाप्राक पुगेको थिएँ, त्यस्तो प्राकृतिक सौन्दर्यको खानी बारपाक र लाप्राकको अहिलेको अवस्था देख्दा मेरो आँखा नै रसायो’ गुरुङ भन्छन् ।
चलचिलमा युनिता गुरुङ, अमिर गुरुङ, टीकाराम घले, गजेन्द्र गुरुङ, सीता गुरुङ, ओमन गुरुङ, रात्र गुरुङ, सरोज गुरुङ, बाइके मेघी, विशेष गुरुङ तथा बालकलाकार साधना गुरुङलगायतले अभिनय गरेका छन् ।