Tuesday 4 February 2020

गुरुङहरुको आफ्नै जातिय पोशाकमा विहे

पोखरा । पोखरामा केहि बर्ष यता गुरुङहरुको आफ्नै जातिय पोशाकमा विहे गर्ने परम्पराको विकाश भईरहेको छ । जब गुरुङहरुले आफ्नो पहिचानको विषयमा बुझ्दै गए तब आफ्नो विवाह आफ्नै पहिचान दिने जातीय पोशाकमा विहे
गर्नु पर्छ भन्ने चेतनाको वोध भए सँगै गुरुङहरुले यो पोशाकमै विहे गर्न सुरु गरेका छन् ।
धेरै पहिले यो पोशाकमा विहे गर्ने परम्परा भएको तर नेपाल एकिकरण पश्चात लोप हुन पुगेको यस परम्परा पुन: संघियता आए सँगै गुरुङहरुले यसरी आफ्नै पोशाकमा विहे गर्न सुरु गरेका छन् ।
त्यस्तै माघ २१ गते मंगलबार पनि पोखरा ड्याम साईड निवासी तमु प्ये ल्हु संघ कास्की जिल्ला समितीका बरीष्ट उपाध्यक्ष निम प्हच्यु तमुको सुपुत्र नोविन प्हच्यु तमु र पोखरा-२७, आवासनगर निवासी प्रेम सिं प्ल्हे तमुको सुपुत्री विष्णु प्ल्हे तमुको विहे गुरुङको जातीय पोशाकमै सम्पन्न भएको छ । तर यो पोशाकमा विहे गर्ने जोडी पहिलो भने हैन यस अघि पनि धेरै जोडीले गुरुङको पोशाकमा विहे गरीसकेका छन् ।
जातीय पोशाकमा विहे गर्दा एकातिर पहिचान संरक्षेणमा सहयोग पुग्छ भने अर्कातिर सुट्बुट र साडी चोलीको तुलनामा हजारौ रुपैया सस्तो हुने हुदा गरीब गुरुङहरुलाई समेत पोशाकमा विहे गर्दा मर्का नपर्ने भएकोले सबै गुरुङहरुलाई सन्देश दिनकै लागि आफ्नो छोराको विहे जातीय पोशाकमा गरेको दुलाहको बाबा निम प्हच्यु तमुले जानाकारी दिनुभयो ।