Tuesday 22 December 2015

सन् २०१५ का विचित्रका तस्वीरहरु (फोटो फिचरसहित)

भैँसीको बथानबाट बच्न रुख चढेको सिंह, बडी फुलाउन जिउमा तेलको सुइ हान्ने बडीविल्डर तथा विश्वको सबैभन्दा ठूलो कुकुर, यी तस्वीरहरु यो वर्ष सन् २०१५ मा कैद गरिए र दुनियामा चर्चित बन्न पनि सफल रहे ।
हेरौँ यो वर्ष सन् २०१५ मा विश्वमा चर्चित बन्न सफल भएका केही विचित्रका तस्वीरहरुromario
१. ब्राजिलका बडी विल्डर रोमारियो डस सान्तोस आल्भेजले आफ्नो बाइसेप तथा छातिलाई भिमकाय बनाउनका लागि जिउमा सुइद्धारा तेल कोच्ने गर्छन्

Sunday 20 December 2015

कम्प्युटरमा गर्न सकिने अनौठा १० ट्रिक्स

सर्टकट कि, एप तथा केही फरक ट्रिकहरुको सहायताले कम्प्युटरसंगको सम्बन्ध सहज गर्न सकिन्छ। विन्डोज चलाउनु हुन्छ भने, Windows कि र D थिच्नुहोस्, तपाइले खोलेका सबै प्रोगाम लुक्नेछन् अनि डेस्कटप देखिनेछ। Windows र M थिच्नुहोस्, सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। यस्तै रोचक केही ट्रिक्सहरुको बारेमा आउनुहोस् जानौं।
सहज तरिकाले विन्डोज वा म्याक अपरेटिङ सिस्टम भएका कम्प्युटर चलाउन १० ट्रिक्सहरु:

झुक्किएर बन्द गरिएको ट्याब फिर्ता
गुगल क्रोम चलाइरहनु भएको छ र झुक्किए कुनै ट्याब बन्द भएमा, Control (Ctrl) ( म्याकमा Command कि), Shift र T कि प्रेस गर्नुहोस् बन्द ट्याब फेरी खुल्नेछ।

स्क्रिनबाट कुनै चाहेको तस्बिर वा क्षेत्रमात्र निकाल्न
स्क्रिनसट लिन विन्डोजमा सजिलो छ। किबोर्डको ‘PrntScr’ थिच्नुहोस। यो किले तपाइको

अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’

eda6e523-090e-456a-8d84-ce8c9d73f64cपर्वत, । गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ । समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन ।
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी लेखेर आफ्नो धेरै रकम उठेको देखाउने