Sunday 2 August 2015

यो दिशामा सिरानी गरेर कहिल्यै नसुत्नुहोस्

सुताई बारे हामीलाई धेरै चासो हुनुपर्छ । सुताइ आरामका लागि हो । सुताईबाट कोही पनि अछूतो रहन सक्दैन । के मानिस, के पसुपंछि सबैले सुत्ने गर्छन् । हरेकको सुताई एकै हुँदैन । सुताइको विज्ञान पनि हुन्छ ।
शास्त्रहरुले सुताईको नियम पनि उल्लेख गरेका छन् । हामी तपाईंहरुलाई सुताईको नियमबारे बताउँदै छौं । सुताइ बारेको विज्ञान दिनभरको थकाइबाट हाम्रो शरिरको उर्जा कम हुन्छ । त्यस्तो बेला हामीलाई आरामको जरुरी पर्छ ।आराम गर्नु भनेको सुत्नु जरुरी छ । तर सुताइका पनि नियम हुन्छन् । सुताइका पनि विज्ञान छन् । शास्त्रमा जनाइए अनुसार हामीले खाना खाएको दुई घण्टापछि मात्रै सुत्नुपर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि
गरिसक्नु पर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नु राम्रो हो । सयन कक्षमा भगवानका चित्र राख्नु उचित हुन्छ । सिरानी उत्तर कहिल्यै नगर्नुस् ज्यातिष विज्ञानका अनुसार सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने संभावना हुन्छ क। त्यसैले पूर्व वा दक्षिण सिरानी गरेर सुत्नु उत्तम मानिने गर्छ । यसो गर्दा रोग तथा समस्याबाट मुक्ति मिल्ने शास्त्रको दाबी छ । सकेसम्म पश्चिम पट्टि पनि सकेसम्म सिरानी गर्नु हुँदैन । विज्ञानका अनुसार दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो रहेको वैज्ञानिकहरुले समेत जनाएका छन् । बायाँ कोखको सुताइ राम्रो शास्त्रहरुका अनसार रातिमा सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ । - See more at: http://www.biswokhabar.com/2015/07/blog-post_530.html?m=1#sthash.Anrv1xug.dpuf