Thursday 2 July 2015

क्षतिग्रस्त मितेरी पुलको विकल्पमा चीनले हाल्यो बेलिब्रिज

कपिलदेव खनाल (इमेज)  Source : Imagekhabar
सुवा, जेष्ठ ७ । भूकम्पले नेपाल–चीन जोड्ने रसुवागढी नाकामा रहेको पक्की पुलमा क्षति पुर्‍याएपछि विकल्पमा बेलिब्रिज हालिएको छ । चीनले रसुवागढी–केरुङ आवत–जावत र भविष्यमा सामान आयात–निर्यात् गर्न वैकल्पिक उपाय अपनाएको हो । मितेरी पुल नेपाल–चीनबीच बग्ने लेङदे खोलामाथि डेढ वर्षअघि हालिएको थियो ।
पुलको नेपालतर्फको भागमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर बार भत्किएको छ भने बीच भागमा पनि प्वाल परेको छ ।  पुलमाथि भारवहन गाडी गुड्दा दुर्घटना हुनसक्ने सम्भावना देखिएकाले बेलिब्रिज हालिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए ।