Tuesday 2 December 2014

गाउँमा ५ करोडको रिसोर्ट


गोरखा - पर्यटकका लागि उपयुक्त होटल कम र भएकामा पनि पर्याप्त सेवा, सुविधा नहुँदा गोरखामा पर्यटक टिक्न र टिकाउन नसकिरहेका बेला पाँच करोड रुपैयाँ लगानीमा विदेशी पर्यटक लक्षित रिसोर्ट बनिरहेको छ। गोरखा नगरपालिका–८ लक्ष्मीबजारको शिखरडाँडामा गोरखा गाउँ रिसोर्ट निर्माण भइरहेको छ। पोहोर असोजदेखि २८ रोपनी जग्गामा निर्माण भइरहेको उक्त रिसोर्ट आउँदो कात्तिकसम्ममा सञ्चालनमा ल्या