Tuesday 2 December 2014

केहि रमाइलो फोटो समाचारहरु

विश्वका विभिन्न देशबाट विभिन्न एजेन्सीहरुले खिचेका   १० वटा फोटोको संगालो-

​१) मलेखु बजारमा लिची बेच्नका लागि ग्राहक कुरिरहेका एक फुटपाथ व्यापारी। लिची हाल बजारमा रु १०० देखि १५० सम्म बिक्री वितरण हुँदै आएको छ।  


२) क्यानाडामा भइरहेको विश्व कप महिला फुटबलमा जर्मनी र थाइल्यान्डबीच खेल हुनुअघि जर्मन फ्यानहरु। खेल जर्मनीले ४-० ले जित्यो। 


३) जर्जियाको टिब्लिसी चिडियाघरमा बाढीले गरेको विनाश। बाढीले कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य कयौँ  बेपत्ता छन्। 


४) पश्चिम लन्डनमा हुने वार्षिक एस्कोट हर्स रेसिङमा ह्याट लगाएर सहभागी भएकाहरु फोटो खिचाउँदै। 


५) टोक्योको नेसनल आर्ट सेन्टरमा बेल्जियन डिजाइनर राफ सिमोन्सको पहिरन प्रस्तुत गर्दै मोडल। 


६) हङकङको साइ कुङमा विस्फोटक पदार्थसहित पक्राउ परेका व्यक्तिलाई पक्रेर लाँदै। विवादास्पद राजीनितिक सुधार प्याकेजसम्बन्धमा मतदान हुनुअघि विस्फोटक पदार्थ बनाएको अभियोगमा हङकङ प्रहरीले १० जनालाई पक्रिसकेको छ।



७) रुसी विमान कम्पनी एरोफ्लोट साल्टेका चालक दलका सदस्य पेरिसमा भइरहेको एयर सोमा सहभागी हुँदै। 


८) इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तस्थित कारो जिल्लामा माउन्ट सिनाबुङ ज्वालामुखीले फालेको खरानी हेर्दै एक महिला। १२ सयभन्दा बढी गाउँलेहरुलाई त्यहाँबाट सुरक्षित ठाउँमा सारिसकिएको छ।


९) बेल्जियमको एन्टवेर्पमा एक लाख ७३ हजार गमला राखेर पुष्प कार्पेट बनाउँदै।


१०) दक्षिण कोरियाको राजधानी सउलमा मर्स भाइरसको संक्रमण फैलन सक्ने भएकोले सचेत हुन बस स्टेसनमा मास्क लगाइरहेका महिलाहरु।