Tuesday 2 December 2014

श्रीनाथकोटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिंदै

Source Ratopati dot com गोरखा, जेठ १८– गोरखाको श्रीनाथकोट गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको छ । मंगलबार यहाँको तल्लोगोरेस्थित जनकल्याण उच्च माविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको गाविस सचिव नारायण पन्थीको भनाईलाई उद्धृत गर्दै श्रीनाथकोट–गोरखा–काठमाडौं सम्पर्क समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । कार्यक्रममा जिल्लाका स्थानीय विकास अधिकारी, खानेपानी प्रमुख, विभिन्न राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधहरुको उपस्थिति रहने जनाईएको छ । सो खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा सांस्कृतिक कार्यक्रममको समेत आयोजना गरिने घिमिरेले बताए ।