Tuesday 1 March 2016

जुटे गोर्खाली कलाकार, नयाँ सोचका साथ अघि बढ्ने

काठमाडौं । गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा क्रियाशील रहेका कलाकारहरु एकजुट भएका छन् । गोर्खा चौतारी म्यूजिकको आयोजनामा नजिकिँदै गरेको दीपावलीको अवसर पारेर आयोजना गरिएको गोर्खाली कलाकारको भेला, शुभकामना आदानप्रदान एवं चियापान समारोह कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु भेला भएका थिए ।
गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङ,कोपिला गुरुङ लगायतका अतिथिहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा कलाकारहरुले गोर्खाली कलाकारहरु

स्वास्थ्यको जाँच गर्दा जान्नैपर्ने कुरा

-डा.देविस प्याकुरेल

बिरामीको स्वास्थ्य अवस्थासँग कहिलेकाहिँ उसको रिपोर्ट नमिल्न सक्छ । यस्तो अवस्थामा प्याथोलोजिस्ट र उपचारमा संलग्न चिकित्सकबिचको समन्वय महत्वपूर्ण हुन्छ । बिरामी सचेत छ भने चिकित्सक पनि असफल हुँदैन । प्रयोशालामा विभिन्न विधाहरू हुन्छन् । हेमाटोलोजीः रगत सम्बन्धी, वायोकेमेष्ट्रीः मिर्गौला, कलेजो, रगतमा बोसोको मात्रा, चिनी इत्यादि सम्बन्धी, सेरोलोजीः संक्रमणहरू सम्बन्धी, माइक्रोवायोलोजीः सुक्ष्म किटाणुको लागि गरिने कल्चर (दिसा, पिसाव खकार इत्यादिको जाँच) साइटोलोजीः कोषहरू सम्बन्धी जाँच, गाँठागुठी मासु पलाएको इत्यादिको लागि गर्न सकिने प्रारम्भिक जाँच हुन् । हिस्टोप्याथः अपरेशन पछि निकालिने मासुको जाँच हो जसले वास्तविक रोगको पहिचानमा मद्दत गर्छ ।
"रगतका अनगिन्ती जाँच भएता पनि सामान्यतः के–के कुराहरूमा ध्यान दिँदा अझ राम्रो रिपोर्ट प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । किनभने ल्याबमा हुने अधिकांश