Tuesday 24 March 2015

गुरुङ पदमार्ग


विनोद ढकालरेडियो गोरखा
प्राकृतिक श्रोत र सम्पदाहरूको धनी एतिहासीक जिल्ला गोरखामा अधिकांश गुरुङ समुदायको मात्र वसोवास रहेको पांचखुवा देउरालीस्वांरासौरपानीलापुगुम्दालाप्राक र वारपाक गाविसलाइ समेट्ने गरि सातदिने पदयात्रावाट गुरुङ समुदायको फरक फरक संस्कृति भेषभुषारहनसहन र खानपानको स्वाद लिन तथा यसलाई गुरुङ पदमार्गको रुपमा चिनाउन सकिन्छ ।
पहिलो दिन :-
सदरमुकामबाट विहान ८ वजे आरुघाट जाने वसमा दुइघण्टामा मसेल गाविसको घ्याम्पेशाल पुगिन्छ । घ्याम्पेशालमा विहानको खाना खाएपछि बायापट्टिको बाटोबाट पदयात्रा शुरु हुन्छ । त्यहांबाट अगाडी जाने मोटरबाटो भएपनि सांघुरो भएकाले पदयात्रा घ्याम्पेशालबाट नै शुरु गर्दा उपयुक्त हुन्छ । दुइ घण्टा हिडेपछि पांचखुवा देउराली गाविसमा पुगिन्छ । दुइचारवटा किराना पसलऔषधी पसल छन् । केही पसलमा सामान्य चिया खाजा पनि खान पाइन्छ । चिया खाएर २० मिनेट उकालो हिडेपछि पांचखुवा देउरालीकै मुलावारी भन्ने ठाउंको गुरुङ वस्तीमा पुगिन्छ । १५ सय मिटर अग्लो डांडामा गाउंका महिलाहरुले सामुदायिक भवन बनाएका छन्त्यहां मण्डली महिला समूहका गुरुङ्सेनी आमा दिदीबहिनीहरुले फुलमालाले स्वागत गर्छन् । त्यसपछि चिया पनि टक्र्याउंछन्तुरुन्तै गुरुङ पोशाकमा सजिएकी महिलाहरुले नाचगान र दोहोरी खेल्छन् । खानामा गुन्द्रुकको परिकार कहिल्यै छुटाउंदैनन् । गीत नाच हेर्दाहेर्दै समय वितेको पत्तो हुदैन । पहिलो दिनको वास त्यहीं हुन्छ ।
दोश्रो दिन :-
विहान चियानास्ता गरेर १५ मिनेट हिडेपछि पांचखुवा देउरालीकै